Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

पहिलाे लेगमा नेपाल फिलिपिन्ससंग पराजित

Tuesday, March 28, 2017 National Power

१५ चैत,  फिलिपिन्स – एसियन कप छनौट अन्तर्गत नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भएको छ। मनिला स्थित रिजल मेमोरियल रंगशालामा भएको खेलमा नेपाल ४-१ ले पराजित भएको हो।

खेलको १५ औं मिनेटमा नेपाली खेलाडी विक्रम लामा रेड कार्ड पाई बाहिरिएपछि नेपाली टोली १० खेलाडीमा सिमित भएको थियो। विक्रम लामाको फलमा फिलिपिन्सले पाएको पेनाल्टीलाई नेपाली गोलकिपर किरण चेमजोङले रक्षा गरे पनि घरेलु टोलीका कप्तान फिलिप योङहस्वेन्डले खेलको २२ औं र २५ औं मिनेटमा गोल गर्दै नेपाललाई दवावमा राखेका थिए।

खेलको २८ औं मिनेटमा आयान रामसेले गोल गर्दै फिलिपिन्सलाई ३-० को अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा नेपालका विशाल राईले गोल फर्काउँदै अन्तरलाई कम गरेका थिए। ७२ औं मिनेटमा फिलिपिन्सका ह्‌याभिर पाटिनोले गोल थपे।