१५ चैत, काठमाडौं – नेपालले एसीसी इमर्जिङ कप क्रिकेटमा बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ । र, लगातार दोस्रो हारसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।
घरेलु टोली बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १७४ रन जोड्दा अलआउट भयो ।
नेपालको सुरुवात निकै खराब रहृयो । १६ रन जोड्दा सुरुवाति ३ विकेट गुमाएको थियो । दोस्रो ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर मात्र १ रन थियो ।
अर्का ओपनर सुनिल धमला मात्र १ रनमा आउट भए भने आसिफ शेख पनि मात्र १२ रन बनाएर पभेलियन फर्किए ।