Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

दाेश्राे खेलमा पनि पराजित, पहिलाे चरणबाटै घरै फर्कियाे नेपाल

Tuesday, March 28, 2017 National Power

१५ चैत, काठमाडौं – नेपालले एसीसी इमर्जिङ कप क्रिकेटमा बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ । र, लगातार दोस्रो हारसँगै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

घरेलु टोली बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२.३ ओभरमा १७४ रन जोड्दा अलआउट भयो ।

नेपालको सुरुवात निकै खराब रहृयो । १६ रन जोड्दा सुरुवाति ३ विकेट गुमाएको थियो । दोस्रो ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर मात्र १ रन थियो ।

अर्का ओपनर सुनिल धमला मात्र १ रनमा आउट भए भने आसिफ शेख पनि मात्र १२ रन बनाएर पभेलियन फर्किए ।