Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

जिल्लामा एक प्रहरीले पाँच सयभन्दा बढी नागरिकलाई सुरक्षा

Tuesday, March 28, 2017 National Power

१५ चैत, डडेल्धुरा – डडेल्धुरा जिल्लामा एक प्रहरीले पाँच सयभन्दा बढी नागरिकलाई सुरक्षा दिनुपर्ने अवस्था छ। जिल्लाको जनसंख्याअनुसार एक प्रहरीले पाँच सय ११ नागरिकको सुरक्षा दिनुपर्ने अवस्था रहेको हो।

जिल्लामा हाल एक नायब उपरीक्षक, दुई निरीक्षक, आठ नायब निरीक्षक, २६ सहायक निरीक्षक, ६१ हवल्दार र एक सय ७२ जना जवान गरी २ सय ७८ जना प्रहरी रहेका छन्। जिल्लामा एक इलाका प्रहरी कार्यालय जोगबुडासहित १४ वटा प्रहरी चौकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यस्तै जिल्लामा तीन वटा अस्थायी प्रहरी चौकी रहेका छन् भने एक प्रहरी बिट रहेको कार्यालयले जनाएको छ। जिल्ला तथ्याङ्क कार्यालय डडेल्धुराले दिएको जनाकारी अनुसार २०६८ सालको जनगणना अनुसार जिल्लामा ७५ हजार ५ सय ३८ महिला र ६६ हजार ५ सय ५६ पुरुष गरी एक लाख ४२ हजार ८४ जना नागरिक रहेका छन् ।