Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पाकिस्तानसंग नेपाल ६ विकेटले पराजित

Monday, March 27, 2017 National Power

१४ चैत्र, बंगलादेश– एसिसि एमर्जिङ नेसन्स कपमा नेपाल पाकिस्तान संग ६ विकेटले पराजित भएको छ । बंगलादेशको कक्स बजारमा आज भएको खेलमा पाकिस्तानले टस जिति नेपाललाइ व्याटिङ्गको लागि निम्त्याएको थियो ।

पहिलो ब्याटिङ्ग गर्ने क्रममा नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाइ १८० रन बनाएको थियो । नेपालका लागि ओपन सुनिल धमलाले सर्वाधिक ४३ रन बनाए, यसका लागि उनले १२५ बलको सामना गरेका थिए । त्यस्तै सरद भेष्वाकरले ३८ र विनोद भण्डारीले २४ रन जोड्नु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका लागि गुलाम मुस्दरले ५ विकेट लिए ।

जवाफ १८१ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ४५.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसका लागि ओपनर इमाम उल हकले शतकीय पारी खेले । उनले १३५ बलको सामना गर्दै १०४ रनको नटआउट पारी खेले । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले २–२ विकेट लिए ।