Wednesday 10th August 2022

    विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन     हेरिटेज ग्रुपको अधिराज्यव्यापी अधिकृत बिक्रेता कार्यगोष्ठी सम्पन्न    दोश्रो र तेश्रो संस्करणको जिनियस म्युजिक अवार्ड २०७८ सफलतापुर्वक सम्पन्न    संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन    राष्ट्रिय युवा परिषद्ले भोलि प्रशिक्षण मुलक कार्यक्रम गर्दै

नयाँ शक्ति नेपालले ४ जना सदस्यहरुलाई पार्टीबाट निष्कासित

Monday, March 27, 2017 National Power

१४ चैत, काठमाडौं – नयाँ शक्ति नेपालले ४ जना केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टीबाट निष्कासित गरेको छ ।

केन्द्रीय परिषद् सदस्यहरु निर्मल भट्टराई , चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले निष्कासन गरेको हो । पार्टी हित र स्वीकृत मूल्य–मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भै गम्भीर गल्ती गरेको र पार्टीले सोधेको स्पष्टीकरण नदिएकोले उनीहरुलाई निस्कासन गरिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।