Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

बहिनीद्वारा दिदीको हत्या

Monday, March 27, 2017 National Power

१४ चैत्र, दार्चुला – दार्चुलाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर ३ काटैमा बहिनीले आफ्नै दिदीको ढुंगा प्रहार गरी हत्या गरेकी छिन । शनिबार राती ३५ वर्षीया चैतीदेवी कार्कीले ५० वर्षीया नारमा कार्कीलाइ ढुंगाले हानेर हत्या गरेकी हुन । चैतीदेवीले श्रीमानको वार्षिक पुणतिथि बनाएकी हुन । श्रीमानको मृत्यु भएपछि, मानसिक अवस्था ठिक नभएकी कार्कीले राती घरमै सुतेको बेला दिदीको हत्या गरेको आफन्तले बताएका छन् ।

सँगै सुतेको बेला राती उठेर चुलोमा प्रयोग गरिएको ढुंगाले टाउँकोमा हानेर हत्या गरेको परिवारले जनाएको छ । घट्ना राती साढे तीन बजे भएको हो भने घट्ना बारे जिल्ला प्रहरी कार्यालयमा बिहान ४ बजे खबर पाएको थियो ।बहिनीले
घट्नामा संग्लन कार्कीलाई प्रहरी चौकी खण्डेश्वरीले नियन्त्रणमा लिएको डिएसपी केदार खनालले जानकारी दिनुभयो । मृतक शवलाई पोष्टमार्टमको लागि गोकुलेश्वर अस्पताल लैजाने भएको छ भने मृतकका दुइ छोरा र १ छोरी छन् ।