Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

श्रीमानको कुटपिटबाट श्रीमतीको हत्या

Sunday, March 26, 2017 National Power

१३ चैत, खोटाङ – खोटाङ जिल्लामा श्रीमानले लाठी प्रहार गर्दा दिप्रुङ गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ ।
सामान्य घरायसी बिवाद हुँदा दिप्रुङ–४ बतासेका ५७ वर्षीय कैलास राईको लाठी प्रहारबाट ४५ वर्षीया मैयाँ राईको मृत्यु भएको हो ।
बिहिबार कुटिएकी मैयाँको दोश्रो दिन मुत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि कैलासलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ भने श्रीमतीलाई लाठीले टाउको लगायत शरीरका ठाउँमा कुटपिट गरेको प्रहरीले जनाएको छ ।कैलास बिरुद्ध कर्तव्य ज्यान मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ ।