Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

स्थानीय तहको चुनावका लागि जनशक्ति उत्पादन गर्न मतदाता शिक्षा प्रशिक्षण सुरु

Sunday, March 26, 2017 National Power

१३ चैत, धनगढी –धनगढीमा स्थानीय तहको चुनावका लागि चाहिने जनशक्ति उत्पादन गर्न  आजदेखी मतदाता शिक्षा प्रशिक्षण सुरु भएको छ ।

स्थानीय तहको निर्वाचन नजिकीदै गर्दा क्षेत्रीय स्तरको दुई दिने मतदाता शिक्षा प्रशिक्षण धनगढीमा सुरु भएको हो । प्रशिक्षणमा प्रदेश नं ७ को कञ्चनपुर जिल्ला बाहेक अरु ८ ओटा जिल्लाको सहभागीता रहेको छ ।
कञ्चनपुर जिल्लाको नेपालगञ्मा प्रशिक्षण परेकाले सहभागी नभएको हो । प्रशिक्षणमा प्रत्येक जिल्लाका ४-४ जना गरी ३२ जनाको सहभागीता रहेको छ । मतदाता शिक्षा प्रशिक्षणमा निर्वाचन आयोगका उप–सचिव विशकशेन ढकाल र क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहन प्रसाद अर्यालले प्रशिक्षण दिईरहेका छन । धेरै जनतालाई अझै पनी स्थानीय तह, स्थानीय सरकार, स्थानीय कानुनको बारेमा जानकारी नहुदा अन्यौलमा छन । यसै विषयमा सबै जनतालाई जानकारी दिन जनचेताना फैलाउन आवश्यक छ । प्रशिक्षणमा आएका सहभागीलाई स्थानीय तह के हो रु स्थानीय सरकार यसको अवाधारण, मतदान प्रक्रिया लगाएत विषयमा प्रशिक्षण दिई रहेको निर्वाचन कार्यालयका उप सचिव विशकशेन ढकालले बताए ।