Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

व्यक्तिगत सफलता नभइ टिमको सफलता :रोनाल्डो

Sunday, March 26, 2017 National Power

१३ चैत,–पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले व्यक्तिगत कीर्तिमान भन्दा आफ्ना लागि देशको सफलता महत्वपूर्ण रहेको बताए । विश्वकप २०१८ को छनौट अन्तर्गत हिजो राति भएको खेलमा हंगेरीलाई ३–० ले पराजित गराउने क्रममा रोनाल्डोले दुई गोल गरेका थिए । उनले विश्वकप २०१८ को छनौटमा अहिलेसम्म भएका पाँच खेलमा ९ गोल गरिसकेका छन् । पोर्चुगलको टिमबाट ७० गोल गरेका रोनाल्डो युरोपका देशबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा पनि उक्लिएका छन् । तर रोनाल्डोले आफूलाई व्यक्तिगत सफलता नभइ टिमको सफलताले खुशी मिल्ने बताए । टिममा निकै राम्रा युवा खेलाडी रहेकाले जित्न सफल भएको रोनाल्डोको भनाई छ । हंगेरीसँगको खेलमा एक गोल गरेका एन्ड्रे सिल्भाले निकै राम्रो खेलेको रोनाल्डोले बताए ।