Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

भक्तपुर,नगरपालिकामा मेयरको लागि उम्मेदवारको लाईन

Sunday, March 26, 2017 National Power

१३ चैत, भक्तपुर – स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा भक्तपुर नगरपालिकामा मेयरका लागि उम्मेदवारको लाईन लागेका छन् ।
जिल्लाका चारवटा नगरपालिका मध्ये भक्तपुर नगरपालिकाको तुलनामा सूर्यविनायक, मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा मेयरको उम्मेदवार बन्ने नेताको लाईन लागेको हो ।
भक्तपुरका चारवटै नगरपालिकामा मेयरको दाबी गर्ने नेताको सङ्ख्या सबभन्दा बढि नेपाली कांग्रेसमा रहेको छ। मध्यपुरथिमि नगरपालिकामा काँग्रेसबाट मेयरका लागि अष्टकुमार कवेँको बढी चर्चा छ ।
जिल्ला तहदेखि केन्द्रीय तहसम्मका नेताकहाँ आफूले टिकट पाउनुपर्ने दाबी गर्दै विभिन्न दलका नेताहरु धाउन थालेका छन् ।

यही नगरपालिकामा हालका नगर समिति सभापति सुरेन्द्र श्रेष्ठ, मुरारी आचार्य, मदनकृष्ण श्रेष्ठ, गोकुल शर्मा र केदार खड्काले आफू पनि काँग्रेसको तर्फबाट मेयरको उम्मेदवार रहेको बताएका छन् ।
यता, नेकपा (एमाले) का युवा नेता एवम् एमाले नगर कमिटीका अध्यक्ष मदनसुन्दर श्रेष्ठले मात्रै मेयरको उम्मेदवारको दाबी गरेका छन्। युवा एवम् जुझारु नेताको रुपमा एमालेभित्र चिनिने श्रेष्ठले चुनावी तयारी गर्दै मत माग्ने कार्य सुरु गरेका हुन्।

सूर्यविनायक नगरपालिकामा भने काँग्रेसका तर्फबाट मेयरका लागि निशान ढुङ्गेल, राजु खड्का, विष्णुराज कार्की, सुशील बस्नेत, नारायणभक्त खाय्मलीले आफूलाई मेयरको उम्मेदवार भएको दाबी गरेका छन्।

काँग्रेसका तर्फबाट आफू एकमात्र उम्मेदवार भएको ढुङ्गेल दाबी गरेका छन् भने विगतमा अवसर नपाएका, पार्टीमा धेरै योगदान पुर्‍याएका र जनतासँग बढी गहिरो सम्बन्ध रहेकाले आफूले टिकट पाउने पक्का भएको खड्का गर्छन् ।त्यसैगरी, चाँगुनारायण नगरपालिकामा मेयरका लागि काँग्रेसका तर्फबाट कृष्णलाल भँडेल, जीवन खत्री, सरु बानियाँ, यादव अधिकारी र शिवहरि केसीले आफूलाई उम्मेदवार भएको दाबी गरेका छन्।

राप्रपाबाट भने सूर्यविनायक नगरपालिका मेयरका लागि रामहरि थापा, प्रवीण ढुङ्गेल, रामेश्वर थापा र लवकुमार कार्की मध्यपुरथिमिमा नरगोविन्द शङ्खदेव, चाँगुनारायणमा राप्रपा केन्द्रीय सदस्यद्वय यवती कार्की, धनबहादुर लामा र रवीन्द्रप्रताप शाह भक्तपुर नगरपालिकामा राजेन्द्रप्रसाद लाखाले दाबी गरिरहेका छन्।

एमालेका तर्फबाट यस नगरपालिकामा शशीजङ्ग थापा, राजकुमार जोशी, वासुदेव खड्का र किरण थापाले मेयरको प्रत्याशीका रुपमा देखारेका छन्।
एमाले नेता कार्यकर्ता भने टिकट दिँदा आजीवन एमालेमा योगदान पुर्‍याएका र जनतासँग नजिक भएका व्यक्तिलाई टिकट दिनुपर्ने धारणा राख्छन् ।यस नगरपालिकामा एमालेको तर्फबाट भने एमाले केन्द्रीय सदस्य सोम मिश्र, रमेश बुढाथोकी, हरिशरण लामिछाने, श्रीभक्त कासिछ्वा र दामोदर दङ्गालको नाम चर्चामा छ ।नेपाल मजदुर किसान पार्टीमा भने भक्तपुरमा चैत्यराज शाक्य, मध्यपुरथिमिमा रमेश थापा श्रेष्ठको नाम चर्चामा आएका छन्। माओवादी केन्द्र र मालेले भने पार्टी निर्वाचनको आन्तरिक तयारीमा जुटेको तर कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा छलफल र बहस सुरु नगरिसकेको बताएका छन् ।