Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

श्रीमतीको हत्यापछि आत्महत्या

Sunday, March 26, 2017 National Power

१३ चैत, डडेल्धुरा– डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् ।

आलिताल गाउँपालिका ७ चिसापातिका ४२ बर्षका कर्ण बहादुर बोहराले ३८ बर्षकी आफ्नी श्रीमती बेलमति देवी बोहराको धारिलो हतियार प्रयोग गरि हत्या गरेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

शनिवार दिउँसो ३ बजे तिरको समयमा बोहराले श्रीमतिको हत्या गरे पछि आफुले पनि घर नजिकैको रुखमा झुन्डिएर आत्म हत्या गरेका थिए भने श्रीमतिको हत्या गर्ने बोहराको मानसिक सन्तुलन ठिक नभएको स्थानीको भनाइ छ।उनका तीन छोरी र एक छोरा रहेका छन् । छोरा रोजगारीको शिलशिलामा  दुबईमा छन् ।