Monday 25th October 2021

    व्याक्तित्व बिकास सम्वन्धी क्लास लिदै 'मिस लिटिल नेवा' का प्रतिस्पर्धीहरु    रोजक र सुहानी बने 'मिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१'    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)

चुनावलाई प्रमुख एजेन्डा बनाएर काँग्रेसको केन्द्रीय कार्य समिति वैठक बस्दै

Sunday, March 26, 2017 National Power

१३ चैत्र, काठमाडौ – स्थानीय तहको चुनावलाई प्रमुख एजेन्डा बनाएर काँग्रेस केन्द्रीय कार्य समिति वैठक बस्दैछ ।

वैठकले चुनावी घोषणा पत्र र चुनावमा पार्टी संयन्त्र परिचालन सम्बन्धी विषयमा छलफल हुने नेताहरुले बताएका छन् । पार्टीको अहिलेको संरचनालाई स्थानीय तहको अहिलेको संरचना अनुसार कसरी बदल्ने भन्ने विषयमा र   संविधान संसोधनको तयारीवारे काँग्रेस केन्द्रीय कार्य समिति वैठकमा  छलफल हुने नेताहरुको भनाई छ ।

काँग्रेसले केही समय अगाडि मात्र ७५ वटै जिल्लामा केन्द्रीय सदस्य पठाएर पार्टीको अबस्थावारे बुझेको थियो । जिल्ला घुमेर फर्केका नेताहरुले स्थानीय चुनावमा जित्न सक्ने नेतालाई उम्मेद्वार बनाउन सुझाव दिएका छन् ।