Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

प्रेस चौतारी नेपालले अनलाइन निर्देशिका फिर्ता लिन आग्रह

Friday, March 24, 2017 National Power

११ चैत, काठमाडौँ – सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३’ ले स्वतन्त्र प्रेस नियन्त्रित हुने भन्दै प्रेस चौतारी नेपालले सरकारलाई फिर्ता लिन आग्रह गरेको छ ।

चौतारीले अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालनलाई व्यवस्थित गर्न ल्याइएको निर्देशिकाका कतिपय प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मान्यतासँगमेल नखाने जनाएको छ ।
आमसञ्चार नीति–२०७३’ मा अनलाइन सञ्चारमाध्यम व्यवस्थापन र अनुगमनबारे उल्लेख भए पनि सो निर्देशिका ल्याउनु आफैंमा विरोध भएको सङ्गठनको दाबी छ ।

सरोकार भएका संस्थासँग परामर्श नगरी सुशासन व्यवस्था तथा सञ्चालन ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी निर्देशिका ल्याएकाले अविलम्ब फिर्ता लिन माग गरिएको चौतारीका महासचिव राजेश राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।