Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

बर्दियामा दमकल सेवा सुचारु हुँदा स्थानीयवासी खुसी

Friday, March 24, 2017 National Power

११ चैत,बर्दिया – बर्दियाको राजापुर नगरपालिकामा दमकल सेवा सुरु भएको छ । दमकल सेवा सुरु भएपछि राजापुर र आसपासका क्षेत्रका स्थानीयवासी खुसी भएका छन् ।

नेपाल सरकारबाट प्राप्त ६० लाख अनुदानबाट दमकल खरिद भई आएको राजापुर नगरपालिकाका कार्यकारी अधिकृत भेषराज खनालले जानकारी दिए ।  यो सेवा सञ्चालन भएपछि राजापुर लगायत वरपरका जनतालाई आगलागीबाट हुने नोक्सान तथा ठूलो क्षतिबाट बच्न टेवा पुर्याउने उनले बताए ।

उनले  नेपाल प्रहरी, सशस्त्र प्रहरीको आवश्यक समन्वयबाट सञ्चालन गरिने भएको र आवश्यक जनशक्तिको चाँडै नै व्यवस्थापन मिलाउने भएको बताए ।
राजापुर क्षेत्रमा विगत केलाउने हो भने आगलागीबाट ठूलो क्षति हुने गरेको पाइन्छ भने चैत वैशाखमा हावाहुरीको कारण आगलागी हुने भएको हुँदा राजापुर नगरपालिका स्थापना भएदेखि नै स्थानीयवासीबाट दमकलको माग भइआएको हो।