Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

निर्वाचनको मुखमा अर्को नयाँ पार्टी घोषणाको तयारी

Friday, March 24, 2017 National Power

११ चैत, काठमाडौं – स्थानीय तह निर्वाचनको मुखमा अर्को एक नयाँ पार्टी घोषणाको तयारी भएको छ । राप्रपा अध्यक्ष कमल थापासँग विद्रोहको घोषणा गरेका वरिष्ठ राजनीतिकर्मी प्रकाशचन्द्र लोहनीले नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । लोहनीले गत फागुन २९ गते कमल थापाविरुद्ध १० बुँदे आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका थिए ।
विद्रोहसँगै लोहनीले गत वर्ष तत्कालीन कमल थापा नेतृत्वकै राप्रपा नेपालसँग विद्रोह गर्ने केशरबहादुर विष्टसँग मिलेर नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् ।दुई पक्षबीच पटक–पटकको छलफलपछि नयाँ पार्टी घोषणा गरेर अघि बढ्ने समझदारी भएको दुईपक्षीय वार्तामा निरन्तर सहभागी हुँदै आएका लोहनीपक्षीय एक नेताले हामीलाई जानकारी दिए ।

लोहनीपक्षीय नेता श्याम तिमल्सिनाले बीचमा कुनै प्राविधिक कठिनाइ नआए आगामी बुधवार नयाँ पार्टीको घोषणा हुने भन्दै त्यसका लागि अहिले लोहनी विधान लेख्ने काममा जुटेको पनि बताए ।पार्टीको नाम राष्ट्रवादी राप्रपा राख्ने कि अरू नै केही राख्ने भन्नेमा टुंगो लाग्न बाँकी रहेको भएपनि चुनाव चिह्न हलो र एजेण्डा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र नै रहनेछ । यस्तै पार्टी घोषणा लगत्तै राष्ट्रियता र भ्रष्टाचार विरोधी गतिविधि पनि सञ्चालन गर्ने तयारी थालिएको जानकारी दिए ।