Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

मापदण्ड विपरीत सुर्तीजन्य पदार्थ नष्ट

Friday, March 24, 2017 National Power

११ चैत, काठमाडौं– बजारमा बिक्री वितरण भइरहेका मापदण्डविपरीत सुर्तीजन्य पदार्थ सरकारले नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमनका क्रममा अनियमित रूपमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गरेको पाइएपछिबिहीबार चार बोरा सुर्तीजन्य पदार्थ नष्ट गरेको जनाइएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण नियमावली २०६८ र नियमन ऐन २०७१ अनुसार मापदण्ड विपरीत भेटिएका सुर्तीजन्य पदार्थ नष्ट गरेको काठमाडौं सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए ।

‘सरकारले सुर्तीजन्य पदार्थको बिक्री वितरण सम्बन्धी मापदण्ड बनाएको छ । १ चैतबाट देशभरिका किराना पसलबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने उद्देश्यसहित स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थको नियमन तथा नियन्त्रणसम्बन्धी ऐन बनाएको छ । यस्तो अवस्थामा अनियमित रूपमा बिक्री वितरण गर्न पाइँदैैन,’ उनले भने । लुइँटेलले पसलमा १८ वर्षमुनिका बालबालिकाले बेचेको, छुट्टै ठाउँको व्यवस्था नगरी किराना पसलहरूमा बेचेको, इजाजत नलिएको, मापदण्ड अनुसारको बोर्ड नराखी बेचेको फेला पारेपछि नियन्त्रणमा लिई नष्ट गरेको बताए ।