Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जात्रामा जिब्रो छेड्ने व्यक्तिको अभावमा

Friday, March 24, 2017 National Power


११ चैत्र, भक्तपुर – यस बर्षको जात्रा नजिकिंँदै गर्दा जिब्रो छेडाउने व्यक्तिको खोजी कार्य सुरु भएको छ। जिल्लाको प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत मनाइने यो जात्रा जिब्रो छेड्ने व्यक्तिको अभावमा संकटमा पर्ने चिन्ता बढेको छ । मध्यपुरथिमि नगरपालिका बोडेमा प्रत्येक वर्ष वैशाख २ मा जिब्रो छेड्ने जात्रा मनाइदै आएको बोडे स्पोर्स क्लबका अध्यक्ष दिलकृष्ण प्रजापतिले बताए।
बोडे निवासी ३८ वर्षीय जुजुभाइ बास श्रेष्ठले आठ वर्षयता निरन्तर जिब्रो छेड्दै आएको र यसवर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि नयाँ व्यक्तिको खोजी भएको उनले बताए।
जात्रामा जिब्रो छेड्ने व्यक्ति बोडे बासीमध्येबाट नेवार श्रेष्ठकै थर चाहिने परम्परा भए पछि । यो बर्षको जात्रामा जिब्रो छेड्ने व्यक्तिको अभाव हुने कुरामा चिन्ता बढेको छ ।
यो जात्राको परम्परा अनुसार जिब्रो छेडाउने व्यक्तिले तीन दिन भोकै बसी एक महिनादेखि तेलमा डुबाइराखेको करिब १ फिट लामो सियोले जिब्रो छेड्नुपर्ने र जिब्रो छेड्नु अघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने पर्ने जिब्रो छेड्दा रगत आउन नहुँने रगत आए अनिष्ट हुने जनविश्वास रहेको छ।
जिब्रो छेडाउने कोही नभएमा प्रधान नाइके (पमा) ले छेडाउनुपर्ने मान्यता रहेको समेत जनाएको छ। विशेष पहिरन र खुट्टामा तान्त्रिक घन्टी (घुंग्रो) लगाई जिब्रो छेड्नु अघि शक्ति पिठहरूको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गर्ने प्रचलन छ।