Sunday 13th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

मानसिक रोगका कारण शिवराज बिक लाई खोरमा

Thursday, March 23, 2017 National Power

१० चैत, उदयपुर – उदयपुर चौदण्डी नगरपालिका–१ मानसिक रोगी ३४ वर्षका शिवराज बिक उपचारको अभावमा पाँच वर्षदेखि खोरमा थुनिएका छन् ।
बुवा रामकुमार बिकले ८ वर्षअघि मानसिक सन्तुलन गुमाएको छोराको पटक पटक औषधि उपचार गराउँदा पनि छोरालाई ठीक नभएपछि घरमा भएको खर्च पनि सकियो खर्चको अभाव हुन थालेपछि खोरमा थुनेर राख्नु परेको उन्ले बताए । रामकुमारका शिवराम जेठा हुन् ।
रामकुमार बिकले काठमाडौंमा ज्याला मजदुरी गरी गुजारा गरिरहेका शिवराज बिकले मानसिक सन्तुलन गुमाएपछि भतिजा र भतिजीको हत्या प्रयास ग¥यो’गाउँघरका मान्छेमाथि समेत आक्रमण गरेपछि खोर बनाएर बन्दक बनाउन बाध्य भएका हौं । उपचार गर्दागर्दै घरखेत पनि साहुले लिएपछि थप उपचार गर्न नसकेको पनि बताउए ।
शिवराजकी आमा सुमित्राले छोराको अवस्था सुधार हुन्छ कि भनेर दुई पटक सुधारगृहमा समेत राखेको पनि बताउनु भयो । कुनै सामाजिक संघसंस्थाको सहयोग पाए छोराको उपचार हुने र आफ्नो छोरा पहिलेकै अवस्थामा फर्कने आश आमाबुवाको छ ।