Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जिल्लामा नेपाली कांग्रेस र राप्रपाले भाग लिन पाउने

Thursday, March 23, 2017 National Power

१० चैत, काठमाडौं –  सबै जिल्लामा अब स्थानीय चुनावमा  नेपाली कांग्रेस र राप्रपाले भाग लिन पाउने भएका छन् ।

राप्रपाको ९ र कांग्रेसको एक जिल्लामा दल दर्ता छुटेको थियो, जसका कारण छुटेका जिल्लाका स्थानीय तहहरुमा चुनाव लड्न नपाउने अवस्था आएको थियो । तर, निर्वाचन आयोगले सत्तारुढ कांग्रेस, राप्रपासहितका दलहरुको छुटेका जिल्लाहरुमा दल दर्ता गरिदिएको छ । यसका लागि आयोगले फागुन २५ देखि २८ गतेसम्म तीन दिनको समय दिएर लिखित धारणा माग गरेको थियो ।त्यस आधारमा कांग्रेसको डोल्पा र राप्रपाको मोरङ, धनुषा, महोत्तरीसहित छुटेका ९ जिल्लामा दल दर्ता भएको छ । राप्रपा प्रवक्ता सुुशीलकुमार श्रेष्ठले ‘हाम्रो छुटेका जिल्लाहरुमा दल दर्ता भएको खबर आएको छ,’ श्रेष्ठ भने ।