Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

होटलमा युवक मृत अवस्थामा फेला

Wednesday, March 22, 2017 National Power

९ चैत, गाईघाट – उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको सोलु होटल एन्ड लजको एक कोठामा मङ्गलबार एक शेर्पा युवक मृत अवस्थामा फेला परेका छन् । होटलमा मृत भेटिएका युवक सोलुखुम्बु जिल्लाको टाक्सिन्दु–६ बस्ने २३ वर्षीय दावा शेर्पा रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

शेर्पा सोमबार साँझ नै भारत हुँदै पूर्वको कांकडभिट्टाबाट मात्रीभाग्यरेखा यात्रुवाहक बसमा कटारी आएर कटारी बजारको सोलु होटल एन्ड लजमा बास बसेका थिए ।मङ्गलबार बिहान अबेरसम्म पनि युवक नउठेको र सोही कोठाको अर्को बेडमा सुत्ने अर्का व्यक्तिले युवक नउठेको होटल सञ्चालकलाई बताएपछि घटनाका बारेमा होटल सञ्चालकलाई जानकारी भएको प्रहरीले बताएको छ । घटनाका बारेमा जानकारी हुने बित्तिकै होटल सञ्चालकले सो कुरा इलाका प्रहरी कार्यालय कटारीमा खबर गरेको प्रहरीले बताएको छ ।अनुसन्धान भइरहेको र शवपरीक्षणपछि मात्र थाहा हुने समेत प्रहरीले बताएको छ , मृतक युवाको साथमा झोला  नभएको र गोजीमा रु आठसय रहेको अनुसन्धानमा देखिएको बताएको छ । अन्य कुरा अनुसन्धान भइरहेको र शवपरीक्षणपछि मात्र थाहा हुने समेत प्रहरीले बताएको छ ।