Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

साझा पार्टीले आफ्ना कार्यकर्तालाई स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारी दिन आह्वान

Tuesday, March 21, 2017 National Power

८ चैत, काठमाडौँ – स्थानीय निर्वाचनमा स्वतन्त्र उमेदवारी दिन नवगठित साझा पार्टीले आफ्ना कार्यकर्तालाई आह्वान गरेको छ। स्थानीय निर्वाचनका कारण दल दर्ता गर्न नपाएको उक्त पार्टीले निर्वाचनमा स्वतन्त्र उमेदवारी दिने नीति लिएको हो।

‘साझा पार्टीको स्थानीय तहको विभिन्न स्तरमा नेतृत्व सम्हाल्ने सम्भावनाका बारेमा सोच बनाएका साथीहरुलाई ‘स्वतन्त्र’ उमेदवारी दिन हामी प्रोत्साहित गर्दछौँ,’ साझा पार्टीले  जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‘स्वतन्त्र’ उमेदवारी दिँदा पदीय जिम्मेवारीका लागि आवश्यक क्षमतामा सम्झौता नगरिकन समावेशितालाई प्राथमिकता पनि सो पार्टीले आफ्ना समर्थक तथा शुभेच्छुकहरुलाई आग्रह गरेको छ। पार्टी दर्ता भइनसकेको अवस्थामा चन्दा संकलन गर्न नपाइने हुनाले कुनै पनि उमेदवारलाई आर्थिक सहयोग गर्न नसक्ने जानकारी पनि सो पार्टीले दिएको छ।