Sunday 19th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

प्रधानमन्त्री दाहाल र  ह्यारिजबीच आज शिष्टाचार भेटवार्ता 

Tuesday, March 21, 2017 National Power

८ चैत, काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युएस प्यासिफिक कमान्डका कमान्डर एडमिरल ह्यारी बि ह्यारिजसँग आज भएको शिष्टाचार भेटवार्तामा नेपालको सुरक्षासहित अन्य क्षेत्रमा अमेरिकाले पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्रीले भूकम्पका बेला प्राप्त सहयोग अमेरिकी सेनाको  उच्च साझेदारीको नमुना भएको बताउँदै त्यस क्रममा नेपालका गाउँमा उद्धारमा खटिँदा ज्यान गुमाउने अमेरिकी सेनाप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोकाकुल अमेरिकी जनता र सेनाप्रति समवेदना प्रकट गरे।
नेपाल र अमेरिकाबीच ७० वर्षदेखि नजिकको सम्बन्ध रहेको बताउँदै प्रधानमन्त्रीले नेपालको विकास, सुरक्षा र सामाजिक सुधारका क्षेत्रमा अमेरिकाले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेको र उनले आगामी दिनमा पनि अमेरिकासँग विगतको झैं सहकार्यको अपेक्षा गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।