Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

भ्रमणका क्रममा चिनियाँ पक्षसँग खुलेर छलफल गर्ने : ‘प्रचण्ड’

Tuesday, March 21, 2017 National Power

८ चैत, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमणका क्रममा चिनियाँ पक्षसँग खुलेर छलफल गर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्ड पर्सि बिहीबार चीन भ्रमणमा जाँदैछन् । उनी बोआओ सम्मेलनमा सहभागी हुनका साथै राष्ट्रपति सी जिनपिङलाई भेट्ने तय भएको छ । उनले भ्रमणका क्रममा नयाँ सम्झौताहरु गर्ने भन्दा पनि यसअघि भएका सहमति र सम्झौताहरु कार्यान्वयन गर्ने र नयाँ समझदारी गर्दै अगाडि बढ्न आधार तयार गर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

मंगलबार विहान बसेको पार्टी संसदीय दलको बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले राष्ट्रपति सीसँग भेट तय भएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को चुनाव हुन्न कि भन्ने आशंका नगर्न पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।उनले मधेसी मोर्चासँग सहमतिको प्रयास भइरहेको र छिट्टै सकारात्मक नजिता आउने बताए भने बैठक विहीबार पर्सि फेरि बस्नेछ ।