Thursday 18th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

जुम्लाका एक सव–इञ्जिनियरमाथि हातपात

Tuesday, March 21, 2017 National Power

८ चैत, जुम्ला –निर्माण व्यवसायीले शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय जुम्लाका सव–इञ्जिनियर चन्द्रबहादुर खड्कामाथि हातपात गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेका अनुसार हातपात गर्ने निर्माण व्यवसायीका गगन बुड्थापा र विष्णुबहादुर महत रहेको र दुवै व्यवसायीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

सव–इञ्जिनियर खड्काले दोषीमाथि कारबाही हुनुपर्ने दावी गरेका छन् भने । उता हाकिमसँग कुरा गर्न गएको बेला प्राविधिक कर्मचारी खड्काले बिचैमा रोक्न खोजेपछि हात हाल्न पुगेको दुवै व्यवसायीको भनाई छ ।