Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा केही कार्यकर्ता र प्रहरी घाइते

Monday, March 20, 2017 National Power

७ चैत, काठमाडौं – निर्वाचन आयोगअगाडि विरोध प्रदर्शन गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
झडपमा ढुंगा हानाहान हुँदा राप्रपाका केही कार्यकर्ता र प्रहरी घाइते भएको बताइएको छ ।

निर्वाचन आयोगले विधानबाट हिन्दू राष्ट्र र राजतन्त्र हटाएपछि राप्रपाले आयोगको निर्णय पुनर्विचारको माग गर्दै विरोध कार्यक्रम गरेको थियो ।
धर्नामा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापा जाने भनिए पनि उनी भने पुगेनन् ।
विरोध प्रदर्शनमा सहभागी हुन पुगेका पार्टीका नेता पशुपतिशमशेर राणासहित थुप्रै कार्यकर्ता घाइते भएको राप्रपाले बताइएको छ ।