Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

स्थानीय तहको निर्वाचनलाई कैलालीका मतदाताले निकै उत्सुकतापूर्वक हेरे

Monday, March 20, 2017 National Power

७  चैत,  कैलाली –  आगामी वैशाख ३१ गते हुन लागेको नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचनलाई कैलालीका मतदातादाले निकै उत्सुकतापूर्वक लिन थालेका छन् ।

झन्डै दुई दशकसम्म स्थानीय निकायको निर्वाचन हुन नसकी कर्मचारीको भरमा यी निकायको काम हुँदा यो अवधिमा जनताका गुनासा एवम् समस्याको उचितरुपमा सम्बोधन नभएको र दशकौँ पछि गरिएको नयाँ संरचना अनुसारको गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको निर्वाचन हुन लागेकाले पनि मतदाताले यो चुनावलाई निकै उत्सुकतापूर्वक हेरेका हुन् ।

अब निर्वाचित हुने गाउँपालिका, नगरपालिका र उपहानगरपालिकाका जनप्रतिनिधिको अधिकार साविकको गाविस, नपा, उपमहानगरपालिकामा चुनिएर आउने प्रतिनिधिभन्दा बढी हुने भएकाले पनि मतदाताले बढी चासो राख्न थालेको स्थानीयले बताए।नयाँ संरचनाअनुसार कैलाली जिल्लाका सबै छ गाउँपालिका, छ नगरपालिका र एक उपमहानगरपालिका (धनगढी)को निर्वाचन हुन लागेको भए पनि खासगरी धनगढी उपमहानगरपालिकाको नेतृत्वमा कुन दलको को व्यक्ति चुनिएर आउने भन्ने विषयले चुनावी चर्चामा बढी प्राथमिकता पाउन थालेको छ ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रका रुपमा धनगढी सहर रहेकाले पनि यस उपमहानगरको नेतृत्व हत्याउन आउने स्थानीय तहको निर्वाचनमा प्रमुख दलको प्रतिष्ठाको विषय बन्न सक्ने देखिएको छ । नयाँ संरचना अनुसार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, टीकापुर नपा, लम्कीचुहा नपा, गौरीगङ्गा नपा, घोडाघोडी नपा, भजनी नपा, गोदावरी नपा र चुरे गाउँपालिका, जोशीपुर गापा, कैलारी गापा, जानकी गापा, बर्दगोरिया गापा, मोहन्याल गापामा स्थानीय तहको निर्वाचन हुन लागेको हो ।पार्टीमा उपहानगरको प्रमुख कसलाई बनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा भित्रभित्रै तयारी भइरहेको छ ।

निर्वाचनको तयारीको सिलसिलामा निर्वाचन कार्यालयले कैलाली जिल्लामा मतदानस्थलको पुर्नरावलोकनको काम सकेको छ । संरचना परिवर्तन भएको कारण साविकका निर्वाचनका बेला कायम भएका निर्वाचनस्थलभन्दा अब हुने निर्वाचनमा केही बढी निर्वाचन स्थल तोक्नु पर्ने देखिएको छ । जिल्लामा २१७ मतदानस्थल रहेकोमा आगामी स्थानीय तहको निर्वाचनमा २३२ वटा मतदानस्थल हुनसक्ने देखिए पनि टुङ्गो लगाउन बाँकी रहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताए ।