Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

मर्यादाक्रम परिवर्तन नगरिए सरकार छाड्ने चेतावनी:निधी

Monday, March 20, 2017 National Power


७ चैत, काठमाडौं – मन्त्रिपरिषदको वरियताक्रमलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदको वरियतामा अर्का उपप्रधानमन्त्री कमल थापालाई पहिलो नम्बरमा राखेपछि निधि असन्तुष्ट भएका हुन्।

निधीले प्रधानमन्त्री दाहाल र देउवासँग व्यक्त गर्दै मर्यादाक्रम परिवर्तन नगरिए सरकार छाड्ने चेतावनी समेत दिएकाछन्। प्रधानमन्त्रीले यस विषयमा थापासँग छलफल गरेर टुङ्गो लगाउने आश्वासन दिएकाछन्,।भेटमा निधिले भने आफूले यसअघि कार्यवाहाक प्रधानमन्त्री चलाइसकेको प्रधानमन्त्री दाहाललाई स्मरण गराएका थिए।

निधिले पार्टी सभापति देउवाका साथै महामन्त्री शशांक कोइराला, परराष्ट्रमन्त्री प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीसहितका नेताहरु रहेको छलफलका क्रममा असन्तुष्टी जनाएका हुन्। सबै नेताहरुले ठूलो दलको हैसियतले मन्त्रिपरिषदमा दोस्रो मर्यादाक्रम काँग्रेसले पाउनुपर्ने बताउनुभएको छ,स्रोतले भन्यो। निधिका प्रेस सल्लाहकार रामजी दाहालले वरियताक्रमको विषयमा प्रधानमन्त्री दाहाल र सभापति देउवासँग छलफल भएको पुष्टि गरेका छन्। दाहालको मन्त्रिपरिषदमा निधि, थापा र कृष्णबहादुर महारासहित तीन उप प्रधानमन्त्री छन्।