Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

निर्वाचन आयोगको कार्यालय घेराउ गर्दै राप्रपा

Monday, March 20, 2017 National Power

७ चैत, काठमाडौं – सत्तारुढ राप्रपाले विधानबाट राजसंस्था र हिन्दु राष्ट्रसम्बन्धी वाक्यांश हटाइदिएको विरोधमा  निर्वाचन आयोग घेराउ गर्दैछ ।

राप्रपाको विधान संविधानसँग बाझिएको भन्दै आयोगले यसअघि राजसंस्था र हिन्दु राष्ट्र सम्बन्धी वाक्यांश हटाएर प्रमाणित गर्ने निर्णय गरेको थियो ।त्यसको विरोधमा कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यालय घेराउ गर्न लागिएको राप्रपाले जनाएको छ ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार राप्रपाका नेता-कार्यकर्ताहरु सोमबार मध्यान तिर शान्तिवाटिकामा जम्मा भएर आयोगको कार्यालयसम्म पुगेर प्रदर्शन गर्नेछन् । त्यसपछि आयोग कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम छ ।

संवैधानिक अधिकारमा स्वतन्त्र बिचार बोक्न पाउनुपर्ने आयोगले कुठाराघात गरेको राप्रपाको आरोप छ । आयोगको निर्णयबाट असन्तुष्ट राप्रपाले निर्णय नसच्चिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । हिजो संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ ।