Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

प्रधानमन्त्री प्रचण्ड र चिनिँया राष्ट्रपतिबीच भेट निश्चित

Sunday, March 19, 2017 National Power

६ चैत, काठमाण्डौ – प्रधानमन्त्री प्रचण्ड र चिनिँया राष्ट्रपति सी जिनपिङबीच औपचारिक भेट हुने निश्चित भएको सरकारका प्रवक्ताले जनाएका छन्।
बोआओ सम्मेलनमा भाग लिएर प्रधानमन्त्री बेइजिङ पुग्ने र त्यही चैत १३ गते राष्ट्रपति सीसँग उनको भेट हुने सूचना तथा संचार मन्त्री सुरेन्द्र कार्कीले बताएका हुन्।
उक्त भ्रमणमा पुराना सम्झौताहरुलाई निरन्तरता दिने र केही नयाँ सम्झौताहरु गर्ने गरी तयारी शुरु भएको उनले बताएका छन्।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको औपचारिक भेटबारे शनिबार साँझ निश्चित भएको बोआओ सम्मेलनपछि गर्ने सम्बन्धमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए।
यो प्रधानमन्त्रीका रुपमा प्रचण्डको दोस्रो चीन भ्रमण हो। उनी चीनको हैनान प्रान्तमा यही चैत्र ९ गते देखि हुने विश्वव्यापीकरण र स्वतन्त्र व्यापार एसियका अवधारणाहरुू विषयको बोआओ सम्मेलनमा सहभागी हुने र १३ गते बेइजिङमा राष्ट्रपति सी जिनपिङसँग भेट्ने बताइएको छ।
भर्खरैमात्र भ्रमण निश्चित भएकोले परराष्ट्रमन्त्री बाहेकको भ्रमण दलका सदस्यको टुंगो नलागेको प्रवक्ता कार्कीले बताए।

उनले चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तामा पूर्व प्रधानमन्त्री केपी ओलीले गरेको सम्झौताको कार्यान्वयन र केही महत्वपूर्ण नयाँ सम्झौताको तयारी भइरहेको बताए।
उनको भनाइ थियो, खास गरेर पहिले उहाँ नै प्रधानमन्त्री हुँदाखेरि जुन योजनाहरु राखिएको थियो, ओलीजी प्रधानमन्त्री हुँदा त्यो कुरालाई अलिकति अगाडि बढाइयो। त्यसैलाई पूर्णता दिने कुरा शुरु हुन्छ। चीनको वान बेल्ट वान रोड योजनामा हामी पहिलेदेखि नै सकारात्मक छौंू।
केपी ओली नेतृत्वको सरकारको पालामा चीनसँग पारवहन तथा यातायात लगायत विभिन्न १० बुँदे सम्झौता भएको थियो।
लामो समय थाती रहेकाले प्रधानमन्त्रीको भ्रमण त्यसमा केन्द्रित हुनुपर्ने चीनका लागि पूर्व राजदूत टंक कार्की बताउँछन्। चीनको उक्त अवधारणामा नेपालले अझै सहमति दिएको छैन।