Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

एमालेद्धारा सहिद गौतम परिवारलाई पाँच लाख सहयोग

Friday, March 17, 2017 National Power

४ चैत, महेन्द्रनगर –  भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वासमा केही दिनअघि ज्यान गुमाएका गोविन्द गौतमको परिवारलाई एमालेले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

पार्टीको मेची–महाकाली अभियानअन्तर्गत बिहीबार महेन्द्रनगरमा आयोजित अन्तिम सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतम परिवारलाई पाँच लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्दै पार्टी जिल्ला अध्यक्ष तारा लामा तामाङलाई चेक हस्तान्तरण गरेका हुन् । एमालेले सहिद गौतमका छोराछोरीका लागि एउटा ल्यापटप पनि प्रदान गरेको छ । गौतमका छोराछोरीको पढाइको जिम्मेवारी राज्यले नलिए एमालेले लिनेसमेत ओलीले बताएका छन् ।

नेपाली भूमिमै पसेर भारतीय सुरक्षाकर्मीले गोली हान्नु दुर्भाग्यपूर्ण भन्दै ओलीले भारतले नेपाली जनतासँग तत्काल माफी माग्नुपर्ने बताए । ‘यो घटना हाम्रो स्वाधीनतामाथिको प्रहार हो’, उनले भने, ‘भारतलाई माफी माग्न लगाएर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्छ ।’ यस विषयमा आफूले प्रधानमन्त्रीसँग गम्भीर छलफल गरेको उनले बताए ।