Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

सरकार गिराएर राजनीतिक बेइमानी गरेको आरोप:बामदेव गौतम

Thursday, March 16, 2017 National Power

 

३ चैत, धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पटक-पटक राजनीतिक बेइमानी गरेको नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले टिप्पणी गरेका छन् ।
कैलालीको धनगढीमा बिहीबार आयोजित मेची महाकाली अभियानका क्रममा आमसभालाई सम्बोधन गर्दै गौतमले आफैं सम्मिलित सरकार र त्यसको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँदाहुँदै बिनाकारण सरकार गिराएर राजनीतिक बेइमानी गरेको आरोप लगाए । उनले भने, ‘डाँकाहरुमा त अलिकति नैतिकता हुन्छ, तर प्रचण्डमा त्यो देखिएन ।’

नाकाबन्दीको डटेर सामना गरेको केपी ओली सरकार भारतले ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको उनले बताए । एमालेको मेची-महाकाली राष्ट्रिय अभियानलाई देशी बिदेशी शक्ति मिलेर समाप्त पार्न खोजेकाले गरेकोले यो अभियानको आयोजना गरेको गौतमले बताए ।

सरकारी कामकाजमा नेपाली भाषा परिवर्तन गरी हिन्दीलाई राष्ट्रिय भाषा कायम गर्ने योजनासहितको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने गौतमले प्रष्ट पारे । हिन्दीलाई सरकारी कामकाजको भाषा बनाइए तराईमा बोलिने भोजपुरी, मैथली, अवधी लगायतका भाषाहरु लोप हुने खतरा पनि नेता गौतमले औल्याए ।