Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सरकार गिराएर राजनीतिक बेइमानी गरेको आरोप:बामदेव गौतम

Thursday, March 16, 2017 National Power

 

३ चैत, धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पटक-पटक राजनीतिक बेइमानी गरेको नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले टिप्पणी गरेका छन् ।
कैलालीको धनगढीमा बिहीबार आयोजित मेची महाकाली अभियानका क्रममा आमसभालाई सम्बोधन गर्दै गौतमले आफैं सम्मिलित सरकार र त्यसको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँदाहुँदै बिनाकारण सरकार गिराएर राजनीतिक बेइमानी गरेको आरोप लगाए । उनले भने, ‘डाँकाहरुमा त अलिकति नैतिकता हुन्छ, तर प्रचण्डमा त्यो देखिएन ।’

नाकाबन्दीको डटेर सामना गरेको केपी ओली सरकार भारतले ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको उनले बताए । एमालेको मेची-महाकाली राष्ट्रिय अभियानलाई देशी बिदेशी शक्ति मिलेर समाप्त पार्न खोजेकाले गरेकोले यो अभियानको आयोजना गरेको गौतमले बताए ।

सरकारी कामकाजमा नेपाली भाषा परिवर्तन गरी हिन्दीलाई राष्ट्रिय भाषा कायम गर्ने योजनासहितको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने गौतमले प्रष्ट पारे । हिन्दीलाई सरकारी कामकाजको भाषा बनाइए तराईमा बोलिने भोजपुरी, मैथली, अवधी लगायतका भाषाहरु लोप हुने खतरा पनि नेता गौतमले औल्याए ।