Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

बझाङमा भालुको आक्रमणबाट एक जनाको मृत्यु

Wednesday, March 15, 2017 National Power

२ चैत, बझाङ– भालुको आक्रमणबाट बझाङको काँडा–३ का अखे धामीको ज्यान गएको छ । मंगलबार बेलुका भेडा चराउन गाउँ नजिकैको जंगलमा गएका बेला ३५ वर्षका धामीलाई भालुले आक्रमण गरेको थियो ।

धामीको घटनास्थलमै ज्यान गएको छिमेकी माघि बोहराले बताउनुभयो । भेडालाई आक्रमण गर्न आएको भालुबाट भेडा जोगाउने क्रममा धामीलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रमणबाट ज्यान गुमाएका धामीका तीन छोराछोरी छन् ।