Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

मन्त्री र सांसदका ठेकेदारबाट काम लिन गाह्रो

Wednesday, March 15, 2017 National Power


२ चैत,काठमाडौं – मन्त्री र सांसदका ठेकेदारबाट काम लिन गाह्रो भएको मेलम्ची खानेपानी विकास समिति बोर्डका अध्यक्ष तथा  खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायले बताएका छन् ।

मंगलबार आयोजित छलफल कार्यक्रममा उपाध्यायले भने वातावरण संरक्षण समितिले मेलम्ची खानेपानी आयोजना निर्माण कार्यले वातावरण प्रदूषण भएको र निर्माण कार्य छिटोे सक्न निर्देशन दिएपछि उपाध्यायले समितिमै यस्तो प्रतिक्रिया दिएका हुन् । ‘मन्त्री र सांसदका ठेकेदार  सरकारभन्दा पनि शक्तिशाली छन ।

उनका अनुसारदबावको अवस्थामा पनि छवटै ठेकेदारलाई सक्रिय बनाउन सफल भएको जवाफ दिए ।‘ ठेकेदारलाई कारबाही गरेर ठेक्का रद्द गर्न पनि सकिन्छ । तर निर्माण कार्य लगभग सम्पन्न हुन लागेको बेलामा उनीहरूलाई फकाउनुको विकल्प छैन

उनले आयोजनाका कारणले मात्र प्रदूषण नबढेको दाबी पनि गरे । ‘हामीले ५०–६० किलोमिटर सडकमा त्यो पनि तीन चौडाइ खनेका छौं । के यतिले मात्र उपत्यकामा धुलो उडेको नभई  अत्यधिक सवारी साधन गुड्ने भएकाले धुलो र धुवाँको प्रदूषण बढेको जिकिर गरे । उपाध्यायले वार्षिक दुई लाख गाडी थपिने सहरलाई प्रदूषणमुक्त बनाउने काम चुनौतीपूर्ण रहेको बताए ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले मेलम्चीको ४।४ किलोमिटर सुरुङ निर्माण कार्य बाँकी भएको जानकारी दिए । ‘जेठ महिनाभित्र ९५ प्रतिशतभन्दा बढी पाइप लाइनको काम सकिन्छ । धुलो नउडोस् भनेर अस्थायी रुपले हल्का कालोपत्रे गरिरहेका छौं । सडकलाई पहिलेकै अवस्थामा लैजान खनेदेखि एक महिनासम्म लाग्न सक्छ’, उनले भने ।
सांसद गणेशप्रसाद बिमलीले धुलो र धुवाँले सर्वसाधारणलाई सताइरहेकाले रोक्ने उपाय गर्न सुझाए । ‘यो काठमाडौंमा साना मान्छे कोही पनि छैनन् । देउता पनि ठूला, नेता पनि ठूला, व्यापारी पनि ठूला तर मर्ने कारण भने धुवाँ र धुलो कस्तो विडम्बना उनले भने ।

समितीले मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा सडक भत्काई पाइप बिच्छ्याउँदा निस्किएको धुलाले मानव स्वास्थ्यमा गम्भीर असर पारेको उल्लेख गर्दै तत्काल पानी र अलकत्राको झोल छर्कन निर्देशन दिएको छ ।

समितिले आयोजनालाई चाँडोभन्दा चाँडो कालोपत्रे गरी स्थायी समाधान र प्रभावकारी अनुगमन गर्न निर्देशन दिएको छ ।