Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

दुर्घटनामा बालकको मृत्यु

Tuesday, March 14, 2017 National Power

१ चैत,राजविराज -राजविराज–भारदह सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगरमा मारुती भ्यानको ठक्करबाट पाँचवर्षीय बालकको आज मृत्यु भएको छ ।

सप्तरी, मैनाकडेरी गाविस– ५ निवासी सुरेशप्रसाद साहका छोरा जीवछको मृत्यु भएको प्रहरीले जनाएको छ । भारदहबाट राजविराजतर्फ आउँदै गरेको को १ च ६४२१ नंको गाडीले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने गाडी इलाका प्रहरी कार्यालय हनुमानगरले नियन्त्रणमा लिएको छ ।