Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

भारतीय प्रहरीको गोली लागेर एक नेपालीको मृत्यु

Thursday, March 9, 2017 National Power

२६ फागुन, महेन्द्रनगर – कञ्चनपुरको पुनर्वासमा निर्माणको विवादले उग्र रुप लिएपछि भारतीय प्रहरीको गोली लागेर एक नेपालीको मृत्यु भएको छ । स्थानीयका अनुसार भारतीय हस्तक्षेपविरुद्ध प्रतिकारमा उत्रिएका नेपालीमाथि भारतीय पक्षले १२ राउण्ड गोली प्रहार गरेको छ भने भारतीय प्रहरीको गोली लागेर स्थानीय गोबिन्द गौतमको मृत्यु भएको छ ।  गोली लागेर घाइते भएका गौतमलाई उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको हो ।


घटनामा नेपाल प्रहरीका जवानसहित थुप्रै नेपाली घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । पुनर्वासको आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै भारतीय एसएसबीले हस्तक्षेप गरेपछि स्थानीय नेपाली प्रतिकारमा उत्रिदा भारतीय पक्षबाट गोली चलेको सशस्त्र प्रहरीले जनाएको हो ।