Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईको मृत्यु

Wednesday, March 8, 2017 National Power

२५ फागुन, कैलाली – भजनी त्रिशक्ती नगरपालिका वडा नम्बर ४ ठेकिपुरस्थित हुलाकी सडक खण्ड कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाजुराको वाई गाविस–३ घर भै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान अशोक शाही र बाजुराको वाई गाविस–१ घर भै हाल टीकापुर बस्ने हिराबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले बताएका छन् ।

इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी चौकी जनकपुर तर्फ जाँदै गरेको से ४ प ७१६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । बुढामगरका अनुसार सिंहको घटनास्थलमै र शाहीको प्राथमिक स्वास्थ्य चौकी भजनीमा गएराति करिब सवा १२ बजेतिर मृत्यु भएको हो । उनीहरु दुबैजना इलाका प्रहरी कार्यालय भजनीको काम सकेर प्रहरी चौकी जनकपुरतर्फ गैरहेको बेला मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।