Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुईको मृत्यु

Wednesday, March 8, 2017 National Power

२५ फागुन, कैलाली – भजनी त्रिशक्ती नगरपालिका वडा नम्बर ४ ठेकिपुरस्थित हुलाकी सडक खण्ड कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बाजुराको वाई गाविस–३ घर भै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान अशोक शाही र बाजुराको वाई गाविस–१ घर भै हाल टीकापुर बस्ने हिराबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढामगरले बताएका छन् ।

इलाका प्रहरी कार्यालय भजनीबाट प्रहरी चौकी जनकपुर तर्फ जाँदै गरेको से ४ प ७१६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हो । बुढामगरका अनुसार सिंहको घटनास्थलमै र शाहीको प्राथमिक स्वास्थ्य चौकी भजनीमा गएराति करिब सवा १२ बजेतिर मृत्यु भएको हो । उनीहरु दुबैजना इलाका प्रहरी कार्यालय भजनीको काम सकेर प्रहरी चौकी जनकपुरतर्फ गैरहेको बेला मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।