२५ फागुन, काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहलले मधेशी माेर्चाका नेताहरूलाइ छलफलका बाेलाएका छन् । साेमबार सप्तरीमा भएकाे हिंसात्मक घटना पछि उत्पन्न परिस्थितिकाे बारेमा छलफल गर्न माेर्चाका नेतालाइ बालुवाटारकाे निम्ताे गएकाे हाे ।
सप्तरी घटनापछि अाक्राेशित भएकाे माेर्चालाइ छलफलका लागि प्रधानमन्त्रीले बाेलाएकाे बालुवाटार श्राेतले जनाएकाे छ । छलफल अहिले बिहान ९ बजे हुने भएकाे छ ।