Monday 19th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

कपिलवस्तुमा राष्ट्रपति विरुद्ध प्रदर्शन

Tuesday, March 7, 2017 National Power

 

 

२४ फागुन, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले कपिलवस्तुमा मधेसी मोर्चाका कार्यकर्ताहरुको विरोधको सामना गर्नुपरेको छ । राजविराज काण्डपछि मधेस आन्दोलित भइरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार कपिलवस्तु गएकी हुन् ।

राष्ट्रपतिको आगमन हुने थाहा पाएपछि जिल्लामा मोर्चाका कार्यकर्ता उत्तेजित बनेका छन् । उनीहरुले तौलिहवामा दुईवटा ट्याक्टर जलाउनुका साथै केपी ओलीविरुद्ध नाराबाजी गरेको स्थानीयले जानकारी दिए ।

मधेसमा यस्तो स्थिति थाहा पाउँदा पाउँदै राष्ट्र प्रमुखलाई किन कपिलवस्तु लगिएको भन्ने  प्रश्नमा राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले भने( ‘तौलिहवामा महिला र वालवालिका सम्बन्धी नेपाल सरकारले कार्यक्रम आयोजना गरेको हो, महिला मन्त्रीले राष्ट्रपतिलाई लानुभएको हो, त्यहाँ विरोध र तनाव हुने स्थितिबारे प्रधानमन्त्री र गृहमन्त्रीले जान्ने कुरा हो, उहाँहरुले राष्ट्रपति कार्यालयलाई यसबारे केही भन्नुभएन ।’

राष्ट्रपति भण्डारी नेपाल सरकारले ३० जिल्लामा सञ्चालन गरेको ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’ को उदघाटन गर्न तौलिहवा पुगेकी हुन् ।’

चौधरी ग्रुपको निम्तोमा दुम्कौली

राष्ट्रपति भण्डारी मंगलबार बिहानै हेलिकोप्टरबाट नवलपरासीको दुम्कौली पुगिन् । त्यहाँ चौधरी ग्रुपले आयोजना गरेको कार्यक्रममा भाग लिएर उनी कपिलवस्तुको तौलिहवा जाने क्रममा मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

नवलपरासीको दुम्कौलीमा चौधरी ग्रुपले बनाएको शाश्वत धाम उद्घाटन गर्न तथा धर्मसभामा भाग लिन राष्ट्रपति भण्डारी दुम्कौली गएकी हुन् ।

सीजी इन्डस्ट्रियलले दुम्कौलीमा ८० बिगाहा क्षेत्रफलमध्ये सात बिगाहामा शाश्वत धाम निर्माण गरेको छ । शाश्वत धामसँगै गुरुकुल धार्मिक संग्रहालय, गौशाला, ध्यानकेन्द्रसमेत निर्माण गरिएको र धामको निर्माण १५ वर्षअघि सुरु गरिएको थियो ।