Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

माओवादी केन्द्र निकट दलित मुक्ती मोर्चाको बैठकमा बोल्दै–दाहाल

Monday, March 6, 2017 National Power


२३ फागुन, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले स्थानीय चुनावसँग माओवादीका एजेण्डा जोडिएकाले हरहालतमा चुनाव गराइछाड्ने बताएका छन् । संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता एजेण्डा माओवादीको रगत पसिनाबाट स्थापित भएकाले यी उपलब्धि रक्षा गर्ने दायीत्व पनि माओवादी कै भएको बताए ।

माओवादी केन्द्र निकट दलित मुक्ती मोर्चाको बैठकमा बोल्दै प्रचण्डले भने, ‘गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणालीमा माओवादीको रगत पसिना छ । जसको रगत पसिना छ, यी उपलब्धि जोगाउने दायित्व पनि हाम्रै हो । हिजो जो यी मुद्दाका विपक्षमा थिए, त्यसकैविरुद्ध लडे, उनीहरुलाई संघीयता र गणतन्त्रको माया छैन । त्यसलाई उनीहरुले जोगाउलान् भन्नु हाम्रै मूर्खता हुन्छ ।’
सरकार स्थानीय तहको निर्वाचन गराएरै छोड्ने पक्षमा रहेको प्रचण्डले बताए । ‘स्थानीय तहको चुनाव घोषणा गरिएको छ, हरहालतमा चुनाव सम्पन्न गर्नुपर्छ,’ प्रचण्डले भने, ‘स्थानीय निर्वाचनसँग माओवादीका मुद्दा जोडिएको छ, हाम्रो रगत र पसिना जोडिएको छ ।’

संविधानले स्थानीय तहमा धेरै अधिकार दिएकाले जनताको अधिकार गाउँ–गाउँसम्म लैजान पनि निर्वाचन गर्नैपर्ने र नयाँ संविधानले दलितहरुको अधिकार र आत्म सम्मानको रक्षा गरेको भन्दै प्रचण्डले एकतावद्ध भएर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।