Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

एमालेको मेची–महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान

Monday, March 6, 2017 National Power

२३ फागुन, राजविराज – एमालेको मेची–महाकाली अभियान रोक्न भन्दै बन्द आहृवान गरेको मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार विहानैदेखि प्रदर्शन थालेका छन् ।

मधेसी मोर्चाका कार्यकर्ताले राजविराज, कञ्चनपुर, भारदह लगायतका क्षेत्रमा प्रदर्शन गरेका छन् । उनीहरुले पूर्व–पश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका कार्यकर्ताले शम्भुनाथ नगरपालिकामा झण्डै आधा दर्जन सवारी साधन तोडफोड गरेका छन् । प्रहरीले गाडी स्कर्टिङ गरेर लैजान लागेको भन्दै बन्दकर्ताले तोडफोड गरेका हुन् ।

नेकपा एमालेका कार्यकर्ताको मेची–महाकाली अभियान इटहरीबाट आजै सप्तरी पुग्ने कार्यक्रम रहेको छ ।

एमाले र मधेसी मोर्चा आमने–सामने हुने भएपछि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।