Friday 19th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

महिलाको धारिलो हतियार प्रहार गरी हत्या

Sunday, March 5, 2017 National Power

२२ फागुन, रौतहट– रौतहटको कनकपुर,२ की एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

२५ वर्षीया सहनाज खातुनको धारिलो हतियार प्रहारबाट आइतबार मृत्यु भएको हो ।

सहनाजलाई अज्ञात समूहले सुतिरहेकै स्थानमा धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको र चुरेहिल अस्पताल मकवानपुर उपचारको क्रममा आइतबार मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । सोही स्थानमा बस्ने नसरुदिनको घरमा चोर आएको भन्ने हल्ला(खल्ला भएपछि सहनाजका श्रीमान शेख खजुर बाहिर निस्किएकेकै मौका पारी धारिलो हतियार उनीमाथि प्रहार गरेका थिए ।

तर चोर फेला नपरेपछि उनी आफ्नो घरभित्र पस्ने क्रममा ढोकाको छेउँमा लुकेर बसेको अपरिचित एक जना व्यक्तिले शेखको टाउकोमा धारिलो हतियार प्रहार गरेको थियो । उनी मध्यम घाइते बनाएको र निजको श्रीमती सहनाज खातुनलाई सुतिरहेको स्थानमा टाउकोमा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको र फरार अभियुक्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।