Monday 15th August 2022

    राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित    आशिका शाह र आयुष साउदले जिते मिस एण्ड मिस्टर ग्लोवको टाईटल    दीपेन्द्र र सीमालाई द फ्लिक मोडल्सको उपाधि थप सामग्री    गायिका शोभा क्षेत्री को तिज गीत नाँचिदेउ पातली सार्वजनिक ( भिडियो सहित )    कतार प्रहरीको आकर्षक रोजगारी फेरि विवादमा, अवसर नगुमाऊन सरोकारवाला निकायलाई आग्रह

मृत फेला

Friday, March 3, 2017 National Power

        २० फागुन,बैतडी-मजदुुरीका लागि भारतमा रहेका एक नेपाली बिहीबार मृत भेटिएका छन् । मृत भेटिनेमा बैतडी भटना–५ का २८ वर्षीया गौरी धानुक रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरीनायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

“बुधबार भारतवाट मजदुरी गरेर नेपाल फर्किंदै गरेका धानुकले दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा हामफालेको हो”, उहाँले भन्नुभयो, “भारत उत्तराखण्ड निङपातली भन्ने ठाउँमा शव फेला परेको हो ।”

भारतमा सडक मजदुरका रूपमा काम गर्दै आएका धानुक बुधबार घर फर्किंदै गरेका थिए । मृतकको शव ल्याउने तयारी भएको प्रहरीले बताएको छ ।