Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Friday, March 3, 2017 National Power

२० फागुन। रोल्पा- रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ  । यसरी मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेका छन् ।

दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको उहाँले बताउनुभयो ।

बिहीबार रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना३त ६९८८ नंको ट्र्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस्त  भएको थियो ।

प्रनाउ घर्तीमगरका अनुसार दुर्घटनामा परेको ट्र्याक्टर बाटोदेखि करिब ५० मिटर तल खसेको थियो । ट्र्याक्टरमा सवार सहचालक भने सकुसल रहेका छन् । अहिले ट्र्याक्टर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ  ।