Tuesday 16th April 2024

    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक    चेतन कार्की र निशा स्मृति पुरस्कार बैशाख १३ गते प्रदान गरिने    नयाँ वर्षको कार्यक्रममा लाईभ सांगितिक प्रस्तुतिका लागि प्रख्यात बलिउड गायक र र्‍यापर मेलो डी नेपालमा

रुखले किचेर पाँचथरमा एकको मृत्यु

Thursday, March 2, 2017 National Power

१९ फागुन, ताप्लेजुङ –पाँचथरको फिदिममा रुख काट्ने क्रममा सोही रुखले किचेर ताप्लेजुङका एकजनाको मृत्यु भएको छ ।

फिदिम नगरपालिका १ बस्ने आइतराज केरुङले सोहि ठाँउ बस्ने बन्धना मोक्तानको घरमा रहेको काभ्राको रुख काट्ने क्रममा उक्त रुख लडेर पालुङवालाई किचेको थियो ।मृत्यु हुनेमा ताप्लेजुङ दोखु बस्ने ४२ बर्षीय हेम कुमार पालुङवा छन् ।

घाइते पालुङवाको जिल्ला अस्पताल फिदिममा उपचारको क्रममा बुधबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

रुख धनी मोक्तान र रुख काट्ने केरुङलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको छ ।