Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

स्ववियु चुनाव अाज, ठूला क्याम्पसहरू सुनसान

Wednesday, March 1, 2017 National Power

१८ फागुन, काठमाडाैँ – देशका अधिकांश ठूला क्याम्पसहरूमा चुनाव राेकिए पनि २४ अांगिक सिहत करिब २०० क्याम्पसहरूमा भने भाेटिङ सुरू भएकाे छ । त्रिभुवन विश्वविद्यालय तथा नेपाल संस्कृत विश्वविद्यालय अन्तरगतका अांगिक तथा सम्बन्धन प्राप्त सम्पूर्ण क्याम्पसहरूमा चुनाव हुने कार्यतालिका थियाे । तर विद्यार्थी संगठनहरूकाे अान्दाेलन र तालाबन्दीका कारण अधिकांश क्याम्पसहरूमा अाज चुनाव हुन सकेकाे छैन ।

आज बुधबार पुल्चोक र थापाथली इन्जिनियरिङ क्याम्पसमा चुनाव हुँदैछ । यस्तै कोटेश्वर क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, आईओएम, नर्सिङ क्याम्पसका साथै एड्भान्स इन्जिनियरिङ क्याम्पसमा पनि चुनाव हुँदैछ ।

थापाथलीमा मतदान सुरु भइससकेको छ । अन्यत्र पनि मतदानको तयारी भइरहेको छ ।

तर, आरआर, त्रिचन्द्र, अस्कल, पाटनसहितका ठूला क्याम्पसहरुमा भने चुनाव हुँदैछैन । धेरै क्याम्पसमा विद्यार्थी संगठनहरुले नै ताला लगाएका छन् ।

सबैभन्दा धेरै विद्यार्थी रहेको पोखराको पीएन क्याम्पसमा पनि चुनाव रोकिएको छ ।