Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

युएइ र हङकङका कारण नेपालले इमर्जिङ कप खेल्न नपाउने

Wednesday, February 22, 2017 National Power

काठमाडौं -नेपाल एसीसी इमर्जिङ कप क्रिकेट खेल्न नपाउने भएको छ । एसीसीको बोर्ड बैठकले एकदिवसीय मान्यता प्राप्त देशलाई मात्र खेलाउने निर्णय गरेपछि नेपाल खेल्न नपाउने भएको छ

प्रतियोगितामा अव भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका यु २३ टिम र अफगानिस्तानको राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।

सुरुमा चार टेष्ट नेशनसहित ८ देश खेल्ने तय भएको थियो ।

हङकङ र युएईले आन्तरिक सेड्युल बिग्रिएका कारण नाम फिर्ता लिए लिएका छन् ।  अब एसीसी इमर्जिङ कपमा पाँच टोलीको सहभागिता रहनेछ ।

विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलिरहेको नेपालका लागि इमर्जिङ कप एउटा अवसर मानिएको  थियो ।  ।

एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एसियाको एसोसिएट राष्ट्रको स्तर वृद्धि गर्न सन् २०१७ मा इमर्जिङ नेसन्स कप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छ ।