Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

राप्रपामा बुद्धिमान तामाङ सर्वाधिक लाेकप्रिय (अन्य विजेताहरूकाे नामावली सहित)

Wednesday, February 22, 2017 National Power

११  फागुन, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यका लागि हिजाे भएको मतदानमा बुद्धिमान तामाङले सबैभन्दा बढी मत पाएका छन् । उनले १९२८ मत प्राप्त गरे भने विक्रम पाण्डे दाेश्राे स्थानमा छन् , उनले १९२६ मत प्राप्त गरे । चर्चामा रहेकी गायिका कोमल ओली तेस्रो स्थान हात पार्दै केन्द्रीय सदस्यमा विजयी भएकी छिन् ।

बाँकेका चर्चित नेता धवलसमशेर राणाले चौथो स्थानसहित केन्द्रीय सदस्यमा जीत हात पारेका छन् भने झापाली नेता राजेन्द्र लिङदेनले पाँचौं स्थानसहित जित हात पारेका छन् ।

महिलाकोटाबाट उम्मेद्वारी दिएकी नायिका रेखा थापाले पनि राप्रपाको केन्द्रीय सदस्यमा जित हात पारेकी छिन् ।

राप्रपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापाका छोरा सुनील थापा पनि विजयी भएका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्दले पनि जितेका छन् ।