Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

हात्तीपाइले विरुद्ध औषधि खुवाईदै

Tuesday, February 21, 2017 National Power

१० फागुन, बैतडी-  बैतडीमा जिल्लामा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि खुवाईने कार्यक्रम सञ्चालन हुदैछ ।

हात्तीपाइले रोग उन्मूलन पार्ने उदेश्यले हात्तीपाइले विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागेको  र यस कार्यक्रम अन्तर्गत  गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीबाहेकका सबैलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले हामीलाई जानकारी दिएका छन् ।

हात्तीपाइले विरुद्धको औषधि लगातार छ वर्षसम्म वर्षमा एकपटक सेवन गर्नुपर्ने हुन्छ । यो वर्ष जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जिल्लाका झन्डै दुई लाख ४० हजार जनतालाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य लिएको छ  साथै यो कार्यक्रम बैतडी जिल्लामा वितेका पाँच वर्ष यता सञ्चालन हुदै आएको छ ।हात्तीपाइले विरुद्धको आमऔषधि खुवाईने कार्यक्रमका लागि जिल्लाभरिमा ४५० भन्दा बढी स्वास्थ्यकर्मी, ८३१ भन्दा बढी महिला स्वास्थ्य स्वयम्सेविका र ६४९ स्वयम्सेवक परिचालन गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडी ले जानकारी गराएकोछ ।

नेपालबाट सन् २०२० सम्ममा हात्तीपाइले उन्मूलन गर्ने सरकारको लक्ष्यअनुसार हात्तीपाइले विरुद्धको आम औषधि खुवाईने कार्यक्रम सञ्चालन भइरहेको छ ।