Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

राप्रपामा थापालाई सर्वसम्मत बनाउने प्रयास असफल

Monday, February 20, 2017 National Power

९फागुन, काठमाडौं – अन्तत : राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापालाई सर्वसम्मत बनाउने प्रयास असफल भएको छ ।

अब अध्यक्षका लागि कमल थापा र प्रदिपविक्रम राणाबीच प्रतिस्पर्धा हुनेछ । उम्मेदवारी फिर्ताको समय सोमबार विहानसम्म थियो । र, थापा पक्षले राणालाई मनाउने प्रयास गरेका थिए । तर, यो प्रयास असफल भएको छ ।

राप्रपाका शीर्ष चार नेताबीच थापालाई नै अध्यक्ष बनाउने सहमति भएको थियो । तर, डा. प्रकाशचन्द्र लोहनी आफु त अध्यक्ष पदको दावेदारी वाट पछि त हटे तर, उनी निकटका प्रदिपविक्रमको उम्मेदवारीलाई उनले अघिसारेका हुन् भनेर श्रोतले वताएको छ, श्रोतका अनुसार डा. लोहनीले गरेको यो राजनितिक वेईमानी हो ।

निर्वाचन समितिका अनुसार एक अध्यक्ष र ९८ केन्द्रीय सदस्यका लागि दिउँसो मतदान हुनेछ । केन्द्रीय सदस्यमा ४० खुलातर्फ छन् भने बाँकी आरक्षण छ ।

समावेशीतर्फ मधेसीबाट ७, आदिवासी जनजाति ९, उत्पीडित २, मुस्लिम २, कर्णाली १, थारु १, प्रवास २ र पिछडिएको क्षेत्रबाट एक पुरुष र एक महिला चुनिनेछन् ।